You are viewing the translated version of मृगौला प्रत्यारोपण सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थामा रहने अन्य चिकित्सकको आवश्यक योग्यता तथा अनुभव.

Schedule 5
मृगौला प्रत्यारोपण सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थामा रहने अन्य चिकित्सकको आवश्यक योग्यता तथा अनुभव

अनुसूची–५
(नियम ३ को उपनियम (२) सँग सम्बन्धित)

मृगौला प्रत्यारोपण सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थामा रहने अन्य चिकित्सकको आवश्यक योग्यता तथा अनुभव

मृगौला प्रत्यारोपण सेवा सञ्चालन गर्ने स्वास्थ्य संस्थामा रहने अन्य चिकित्सकको योग्यता देहाय बमोजिम तोकिएको छः–

(क) एनेस्थेसियोलोजिष्ट– मान्यता प्राप्त शिक्षण संस्थाबाट एनेस्थेसिया विषयमा स्नातकोत्तर उपाधि हासिल गरी एनेस्थेसिया सम्बन्धी कार्यमा केन्द्रीयस्तरको अस्पताल वा प्रचलित कानून बमोजिम संस्थापित स्वास्थ्य संस्था, प्रतिष्ठान वा त्यस्तै प्रकृतिको अन्य स्वास्थ्य संस्थामा कम्तीमा निरन्तर छ महिनाको कार्य अनुभव हासिल गरको ।

वा मान्यता प्राप्त शिक्षण संस्थाबाट एनेस्थेसिया विषयमा स्नातक (डिप्लोमा) उपाधि हासिल गरी सो सम्बन्धी कार्यमा कम्तीमा निरन्तर एक वर्षको कार्य अनुभव प्राप्त गरेको ।

(ख) रेडियोलोजिष्ट– मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियोलोजी विषयमा स्नातकोत्तर उपाधि हासिल गरी रेडियोलोजी सम्बन्धी कार्यमा केन्द्रीयस्तरको अस्पताल वा प्रचलित कानून बमोजिम संस्थापित स्वास्थ्य संस्था, प्रतिष्ठान वा त्यस्तै प्रकृतिको अन्य स्वास्थ्य संस्थामा कम्तीमा निरन्तर छ महिनाको कार्य अनुभव हासिल गरेको ।

वा मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियोलोजी विषयमा स्नातक (डिप्लोमा) उपाधि हासिल गरी सो सम्बन्धी कार्यमा कम्तीमा निरन्तर एक वर्षको कार्य अनुभव प्राप्त गरेको ।

(ग) प्याथोलोजिष्ट – मान्यता प्राप्त शिक्षण संस्थाबाट प्याथोलोजी विषयमा स्नातकोत्तर उपाधि हासिल गरी प्याथोलोजी सम्बन्धी कार्यमा केन्द्रीयस्तरको अस्पताल वा प्रचलित कानून बमोजिम संस्थापित स्वास्थ्य संस्था, प्रतिष्ठान वा त्यस्तै प्रकृतिको अन्य स्वास्थ्य संस्थामा कम्तीमा निरन्तर छ महिनाको कार्य अनुभव हासिल गरेको ।

वा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्याथोलोजी विषयमा स्नातक (डिप्लोमा) उपाधि हासिल गरी सो सम्बन्धी कार्यमा कम्तीमा निरन्तर एक वर्षको कार्य अनुभव प्राप्त गरेको ।